
काठमाडौँ, ८ पौष ।ओएसिस क्यारीयर एडभाइजरले स्टडि इन मोन्टेरियल क्यानडा सेमीनार सम्पन्न गरेको छ । पछिल्लो समय नेपाली अभिभावक र विधार्थीहरुले स्टडी डेस्टीनेसनको रुपमा क्यानडा लाई पहिलो प्राथमिकता दिएको परिपेक्षलाई ध्यानमा राखि क्यानडा अध्यनमा जादा आवश्यक पर्ने सम्पुर्ण जानकरीहरु समेटदै स्टडि इन मोन्टेरियल क्यानडा सेमीनार आयोजना गरिएको थियो ।
डिसेम्बर २१ तरिकमा काठमाण्डौ बाट सुभारम्भ भएको सेमिनार, डिसेम्बर २२ तारिकका दिन पोखरा, डिसेम्बर २३ तारिकका दिन हेटौडा र डिसेम्बर २४ तारिकका दिन पुन काठमाण्डौ आएर सम्पन्न भएको थियो ।
सेमिनारमा क्यानडियन एजुकेसन स्टिस्टम, अपलाई प्रोसेस तथा अध्यन पश्चातको विभिन्न अवशरहरुको बारेमा जानकारी दिन सर्टिफाईड क्यानडिएन इमिग्रेसन एक्सपर्ट ज्योति उपाध्याय लुइटेलको उपस्थिती रहेको थियो ।
क्यानडिएन इमिग्रेसन एक्सपर्ट ज्योति उपाध्याय लुइटेल रेगुलेटेड क्यानडियन इमिग्रेसन कन्सलटेन्ट, फ्रिसा लाइसेन्सड फरेन वर्कर रिकृटर, फ्रिसा लाइसेन्सड इमिग्रेसन कन्सलटेन्टको रुपमा कार्य गर्दै आउनु भएको छ ।
त्यस्तै सोहि अवशरमा हेरमेस कलेजेज नेटवर्कमा आवद्ध प्रसिद्ध कलेजहरुको बारेमा रिजनल म्यानेजर साउथ एसिया श्रीनाथ रेडडीको उपस्थितीमा इन्फरमेसन सेसनको समेत आयोजनागरिएको थियो इन्फरमेसन सेसनमा हेरमेस कलेजेज नेटवर्कमा आवद्ध कलेजहरुमा उपलब्ध कोर्सहरु, अपलाई प्रोसेस, स्कलरसिप लगाएतको बारेमा परामर्श प्रदान प्रदान गरिएको थियो ।
कार्यक्रममा एकदमै फलदाइ भएको र कार्यक्रममा सहभागी हुने अवशर पाएकोमा खुसी व्यक्त गर्दै सहभाथी विधार्थीहरुले ओएसिस क्यारीयर एडभाइजरलाई धन्यवाद व्यक्त गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे