
सेप्टेम्बर 7, 2023 काठमाडौंमा ,एक प्रख्यात अमेरिकी शैक्षिक संस्था हडसन ग्लोबल स्कॉलर्स(HGS)ले , नेपालमा एक उल्लेखनीय शैक्षिक कार्यक्रमको आयोजना गर्यो। “हडसन ग्लोबल स्कॉलर्स (HGS) द्वारा सूचना सत्र” शीर्षक कार्यक्रम ,दिउँसो ३ बजेदेखि ६ बजेसम्म गैरीधारास्थित सिल्भर ओकमा आयोजना भएको हो ।
हडसन ग्लोबल स्कॉलर्स (HGS) ले यस कार्यक्रममा नेपाली विद्यार्थीहरूलाई युएस डुअल हाई स्कूल डिप्लोमा, एपी क्रेडिट र पाथवे बारेमा जानकारी प्रदान गरेको थियो । यस ग्राउन्डब्रेकिंग पहलको उद्देश्य अमेरिकी शिक्षाविद्हरूद्वारा निर्देशित विश्व-स्तरीय शिक्षा अनलाइन उपलब्ध गराउने हो। शैक्षिक शिक्षा कार्यक्रम सफलता पुर्वक सम्पन्न भएपछि, विद्यार्थीहरूले HGS को सम्बद्ध कम्पनीहरू मार्फत चयन गरिएको यूएस विश्वविद्यालयहरूमा ग्यारेन्टीका साथ पढ्ने अवसर पाउने छन्।
काठमाडौंस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा HGS ले नेपाली शिक्षा समुदायलाई शैक्षिक अवसरहरुको बारेमा जानकारी प्रदान गरियो। कार्यक्रममा आकर्षक प्रस्तुतिहरू, छलफल, र अन्तरक्रियात्मक प्रश्नहरू गरिएको थियो।
कार्यक्रममा UnTechEd का संस्थापक र सीईओ सुल्ताना खानले भनिन्, “यस कार्यक्रमले सहभागीहरूलाई नेपाली विद्यार्थीहरूको भविष्यलाई आकार दिन सक्ने अग्रगामी शैक्षिक प्रस्तावहरू पत्ता लगाउने विशेष अवसर प्रदान गरेको छ। हामी विश्वस्त छौं कि यस कार्यक्रमबाट प्राप्त जानकारीले नेपालभरका शैक्षिक संस्थाहरूका लागि सम्भावनाको नयाँ ढोका खोल्नेछ।”
हडसन ग्लोबल स्कॉलर्समा विज्नेश डेबलभमेन्ट डारेक्टरका रुपमा सेवा प्रदान गर्दै आएका माइकल लसनबाट , स्कूलका प्रिन्सिपलहरूलाई प्रस्तुतीकरण दिनुभयो, उनीहरूलाई यूएस डुअल हाई स्कूल डिप्लोमा, एपी क्रेडिटहरू, र पथवे कार्यक्रमको अवधारणाहरूको परिचय दिइएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे