
काठमाडौँ १६ कात्तिक | निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाको डडेल्धुरा यात्रा स्थगित गर्न आदेश दिएको छ ।प्रधानमन्त्री देउवा सरकारी खर्चमा निर्वाचन प्रचारप्रसारका लागि डडेल्धुरा जाने तयारीमा थिए ।
प्रधानमन्त्री आज बुधबार गृहजिल्ला डडेलधुरामा चुनावी आमसभामा सहभागी हुन धनगढी जाँदै थिए ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुने विभिन्न चुनावी कार्यक्रममा सहभागी हुनका लागि उनले बुधवार आयोगसँग अनुमति मागेका थिए ।
निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे