
काठमाडौँ, २६मंसिर । चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ बाट लोकप्रियता हासिल गरेका कमेडियन हिक्मत महराको मंगलबार राति सडक दुर्घटनामा निधन भएको छ।
कैलालीको गोदावरी नगरपालिका-४, गोदावरीस्थित भीमदत्त राजमार्गमा महराले चलाइरहेको म २ प ९११७ नम्बरको मोटरसाइकल रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो। गम्भीर घाइते भएका महरालाई तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको भए पनि उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे