
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा चिसो बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला दुई दिनमा काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री घटेर आज ३.५ डिग्रीमा झरेको छ। पुस १९ गते ४.५ डिग्री रहेको तापक्रम आज बिहान ९ बजे ३.५ डिग्री मापन गरिएको हो।
मौसमविद्का अनुसार यो तापक्रम यस वर्षकै कम हो र जनवरीभरि तापक्रम घट्दो रहने सम्भावना छ। पुस सुरु भएयता चिसो क्रमशः बढ्दै आएको छ। आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ६.३ डिग्री रेकर्ड गरिएको छ।
तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर जारी छ भने हिमाली क्षेत्रमा हिमपातका कारण चिसो अझ बढेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे