
काठमाडौँ, साउन १६ – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य बदली रहनेछ। दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा र केही तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। राति कोशी, मधेश, बागमती, गण्डकी लगायत अधिकांश पहाडी क्षेत्रमा र केही तराईमा पनि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेशका पहाडी ठाउँमा भारी वर्षा पनि हुन सक्छ।
वर्षाले गर्दा भूक्षय, बाढी, खोलानालामा पानीको बहाव बढ्न सक्छ र सहरी तथा तराई क्षेत्र डुबानमा पर्न सक्छन्। दैनिक जीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्क रहन सबैलाई आग्रह गरिएको छ। सरोकारवाला निकायहरूलाई आवश्यक तयारी गर्न र सर्वसाधारणलाई सजग रहन अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे