
काठमाडौँ , मङ्सिर १९ । चितवनमा रास्वपा सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । बयानका लागि आज बधुबार लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो । लामिछानेको रिहाइ र कारबाहीको माग गर्दै दुई छुट्टाछुट्टै र्याली आयोजित भएका छन्। एक र्यालीमा लामिछानेका समर्थकहरूले बिना शर्त रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा ढुङ्गा प्रहार भएपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र लठ्ठी प्रहार गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेका छन्। समर्थकहरूले लामिछाने निर्दोष भएको र राजनैतिक पूर्वाग्रहका कारण थुनामा रहेका भन्दै उनको रिहाइको माग गरेका छन्।
दोस्रो र्याली भने सहकारी पीडितहरूले निकालेका छन्, जसमा लामिछानेसहित सहकारी ठगीका आरोपितहरूमाथि कारबाहीको माग गरिएको छ। प्रहरीले दुबै समूहको भिडंत नहोस् भनेर सतर्कता अपनाएको छ।
लामिछानेलाई सहकारी रकम अपचलनको आरोपमा कात्तिक २ गते पक्राउ गरिएको थियो। उनलाई पोखरा र चितवनमा बयानका लागि ल्याइएको छ। चितवनमा ४२ करोडको रकम पाँच कम्पनीमा जानेको कुरा खुलेको छ। लामिछानेविरुद्ध सहकारी पीडितहरूले पछिल्लो समय पूरक जाहेरी दिएका थिए, जसपछि ७ मङ्सिरमा पक्राउ पुर्जी जारी गरिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे