
काठमाडौँ । विदेशमा कार्यरत नेपालीले कमाएको रकम सुरक्षित, छिटो र भरपर्दो तरिकाले नेपाल पठाउन अब सिटी एक्सप्रेस मनी ट्रान्सफर अझ सशक्त बनेको छ। विशेषगरी यूएईमा कार्यरत नेपालीले आफ्नो मेहनतको आम्दानी Al Ansari Exchange मार्फत नेपाल पठाउँदा अब देशभरका २५,००० भन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत सजिलै रकम प्राप्त गर्न सक्नेछन्।
सिटी एक्सप्रेसले भुक्तानी प्रणालीलाई सहज र प्रयोगमैत्री बनाउन आधुनिक प्रविधि अपनाएको छ। सेवा उपयोग गर्ने ग्राहकले पैसा पठाएलगत्तै एसएमएसमार्फत रकम जम्मा भएको जानकारी प्राप्त गर्ने सुविधा पाउने छन्। यसले ग्राहकलाई ढुक्क र पारदर्शी सेवा अनुभव गराउने उद्देश्य राखेको छ।
यति मात्र नभई, सिटी एक्सप्रेसले आफ्नै डिजिटल प्लेटफर्म सिटी पे वालेटमा समेत रकम सजिलै जम्मा गर्न सक्ने सुविधा उपलब्ध गराएको छ। यस सेवामार्फत विदेशमा रहेका परिवारजनले पठाएको रकम लाभार्थीले मोबाइल एपमार्फत सजिलै प्रयोग गर्न वा विभिन्न भुक्तानीमा उपयोग गर्न सक्नेछन्। साथै, बैंक वा भुक्तानी केन्द्रमा गएर पनि सहजै पैसा निकाल्न सकिने व्यवस्था गरिएको छ।
सिटी एक्सप्रेसका अनुसार, दुबई लगायत यूएईका विभिन्न स्थानमा रहेका प्रवासी नेपालीले आफ्नो परिवारलाई बिना झन्झट, सुरक्षित र छिटो सेवा दिने उद्देश्यले यो सहकार्य विस्तार गरिएको हो। सुरक्षित, सहज र भरपर्दो रेमिट्यान्स सेवामार्फत सिटी एक्सप्रेसले आफ्नो ब्रान्डलाई ‘नेपालमा भरपर्दो मनी ट्रान्सफर’का रूपमा स्थापित गर्न सफल भएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे