
काठमाडौा, २१ भाद्र । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणका लागि शितल निवास पुगेको छ । सभामुख अग्नि सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता नागरिकता विधेयक पुन जस्ताको तस्तै राष्ट्रपति समक्ष पठाएका हुन्।
राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैबाट पारित भएपछि सभामुखले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका हुन् ।
यही भदौ २ गते प्रधितिनिधिसभा र १७ गते राष्ट्रियसभाबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ हुबहु पारित भएको हो ।
यसअघि उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी गत साउन १६ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । राष्ट्रपतिले नेपालको संविधानबमोजिम सङ्घीय संसद्बाट पुनःविचार हुन आवश्यक देखिएको उल्लेख गर्दै १५ बुँदासहित गत साउन २९ गते संसद्मा फिर्ता पठाएकी थिइन् ।
संवैधानिक व्यवस्थाअनुसार अब भने राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुको विकल्प छैन । राष्ट्रपतिले उक्त विधेयक १५ दिनभित्र प्रमाणिकरण गर्नुपर्नैै सवैधानिक ब्यवस्था छ । राष्ट्रपतिबाट प्रमाणिकरण पछि उक्त विधेयक कानुन बनेर आउनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे