
काठमाडौँ । सुर्खेतकी १६ वर्षीया इनिसा बिक बलात्कारपछि हत्या भएकी घटनाको थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली सुर्खेत पुगेको छ। सुर्खेत प्रहरीले बुधबार यस घटनाको गहिरो अनुसन्धानका लागि सिआइबीसँग सहयोग मागेको थियो।
अहिलेसम्म पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेको छ। घटनासँग सम्बन्धित मोबाइल र अन्य विद्युतीय सामग्रीहरू अनुसन्धानका लागि प्रयोगशालामा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार पहिलो चरणको अनुसन्धान जिल्लाबाटै सम्पन्न भए पनि घटनाको गम्भीरतालाई ध्यानमा राख्दै सिआइबीको सहयोग लिइएको हो।
फरेन्सिक ल्याबमा पीडित र आरोपी दुवैको मोबाइल र विद्युतीय सामग्रीहरू पठाइएको छ, तर अहिलेसम्म त्यसको रिपोर्ट आएको छैन। प्रहरीले जनाएको छ, परिवारले अझै बालिकाको शव पाएका छैनन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे