
काठमाडौँ ,३० कात्तिक | आज विहान ११ बजे प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार उमेश श्रेष्ठ सवार गाडीमा तोडफोड भएको छ। भरतपुरमा रोकिराखेको अवस्थामा श्रेष्ठको गाडी अज्ञात समूहले तोडफोड गरेका हुन् ।
चुनावी अभियानमा श्रेष्ठ चढ्ने गरेको बा ३ च २०४० नम्बरको गाडीको सिसा फुटेको छ। मोटरसाइकलमा आएका तीन जनाले ढुंगा हानेर गाडीका सिसा फुटाएको र उक्त समूहको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ।
अहिले सिसिटिभी फुटेज हेर्ने काम भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए। श्रेष्ठ राज्यमन्त्रीका साथै गठबन्धनका साझा उम्मेद्वार हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे