
काठमाडौँ , २३ फागुन । काठमाडौंमा आजदेखि फागु पर्वको विधिवत् सुरुवात भएको छ। फागुन शुक्ल अष्टमीको शुभसाइतमा काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो। परम्पराअनुसार, फागु पर्वको एक हप्ता अघि चीर ठड्याइन्छ र यसरी चीर ठड्याइएसँगै फागु पर्वको शुरुआत मानिन्छ। चीर फागु पूर्णिमाको रात साइत हेरेर ढालिन्छ र टुँडिखेलमा जलाएर विसर्जन गरिन्छ। पर्वको दौरान रंगहरूको उत्सव, मिठा परिकार र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छ, जसले समाजमा भाईचारा र सद्भाव वृद्धि गर्न मद्दत पुर्याउँछ। यो पर्व रंग र उमङ्गको उत्साह फैलाउने विशेष अवसर हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे