
काठमाडौँ, २९ भाद्र । नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुसहितको टोलीले आज भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेको छ ।
चान्शुको टोलीले भक्तपृुरको पाँच तले मन्दिर लगायतको पनि अवलोकन गरेका छन् ।उनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए ।
सो अवसरमा उनीहरुको स्वागतमा भक्तपुरको संस्कृति झल्कने विभिन्न झाँकी पनि प्रस्तुत गरिएको थियो ।ली नेतृत्वको टोलीले आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने तालिका रहेको छ ।
उनी दिउँसो ४ बजे राष्ट्रपति भवन शितल निवासमा पुगेर राष्ट्रपति विद्या देवि भण्डारीलाई भेट्ने कार्यक्रम रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे