
एजेन्सी । चीनले अमेरिकासँग कुनै पनि प्रकारको युद्ध लड्न तयार रहेको चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै चिनियाँ सामानमा थप कर लगाएकोपछि, संसारका दुई ठूला अर्थतन्त्र भएका देशहरू व्यापार युद्धको नजिक पुगेका छन्।अमेरिकाले थप गरेको करको जवाफमा, चीनले पनि अमेरिकी कृषि उत्पादनहरूमा १० देखि १५ प्रतिशतसम्मको कर लगाउँदै प्रतिकार गरेको छ। यदि अमेरिकाले युद्धको मनसाय राखेको हो भने, चीनले कर युद्ध, व्यापार युद्ध, वा अन्य कुनै पनि प्रकारको युद्ध लड्न आफू तयार रहेको उद्घोष गरेको छ।
अमेरिकास्थित चिनियाँ दूतावासले हिजो सामाजिक सञ्जालमा सरकारी विज्ञप्तिको एक लाइन पुनः पोस्ट गर्दै यो चेतावनी जारी गरेको हो। ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेयता यो चीनको सबैभन्दा सशक्त प्रतिक्रिया हो।
यसै बीच, बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू वार्षिक राष्ट्रिय जन कँग्रेसको लागि भेला हुँदा उक्त प्रतिक्रिया आएको हो। बुधबार, चीनका प्रधानमन्त्री ली छियाङले देशको रक्षा खर्च ७ दशमलव २ प्रतिशतले बढाउने घोषणा गर्नुभएको थियो। ट्रम्पको निर्णयलाई क्यानडा र चीनले दिए चुनौती दिइसकेका छन । ट्रम्पको यो निर्णयको तीनै देशले उचित जवाफ दिएका छन्। क्यानडाले अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ भने चीनले पनि अमेरिकी सामानमा १० र १५ प्रतिशत कर लगाउने घोषणा गरेको छ। चीनले त यहाँसम्म भनेको छ कि यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म युद्ध लड्न तयार छौं।
चाहे त्यो ट्यारिफ युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै पनि प्रकारको युद्ध । अमेरिकाले हामीलाई बदनाम गर्न खोजिरहेको चीनको तर्क रहेको छ । चीनले भन्यो, “अमेरिकामा फेन्टानिलको जिम्मेवारी अरू कसैको होइन, अमेरिका आफैंको हो। अमेरिकी जनताप्रति मानवीय भावना र सद्भावनाका कारण, हामीले यस मुद्दालाई सम्बोधन गर्न अमेरिकालाई सहयोग गर्न ठोस कदम चालेका छौं, तर हाम्रा प्रयासहरूलाई स्वीकार गर्नुको सट्टा, अमेरिकाले चीनलाई बदनाम गर्ने र दोष लगाउने प्रयास गरेको छ।” चीनले थप भन्यो कि अब शुल्क बढाएर अमेरिकाले हामीमाथि दबाब सिर्जना गर्न र ब्ल्याकमेल गर्न खोजिरहेको छ। चीनले भन्यो कि अमेरिकाले हाम्रो सहयोगको बदलामा हामीलाई सजाय दियो। यसले अमेरिकाको समस्या समाधान गर्दैन।ड्र्यागनले भन्यो कि ऊ धम्कीबाट डराउँदैन। सी जिनपिङको सरकारले भन्यो, ‘दबाब र धम्कीले हामीमाथि काम गर्दैन।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे