
एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले चीनलाई कुनै पनि देशको धम्कीले नडराउने स्पष्ट बताएका छन्। दोस्रो विश्वयुद्धमा जापानविरुद्धको विजयको ८०औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष परेडमा बोल्दै उनले चीन सधैं अगाडि बढिरहने देश भएको बताए।
उनले जनतालाई इतिहास सम्झन र लडाइँ लडेका वीरहरूलाई सम्मान गर्न अपिल गरे। “इतिहासले सिकाउँछ, मानवता सँगै उठ्छ र सँगै ढल्छ,” उनले भने। यो अवसरमा चीनमा अहिलेसम्मकै ठूलो सैन्य परेड गरिएको थियो। परेड हेर्न रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उन र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी थिए।
तीन प्रमुख नेता — सी जिनपिङ, पुटिन र किम — एकै ठाउँमा सार्वजनिक रूपमा पहिलोपटक देखिएका हुन्। जिनपिङले यसलाई “नयाँ यात्रा र नयाँ युग” को सुरुआत भन्दै चीन अझ मजबुत रूपमा अघि बढ्ने सन्देश दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे