
काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको चीन–भारत द्विपक्षीय व्यापार सम्झौताको कडा विरोध गरेका छन्। बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले नेपालको भूमि सम्बन्धी यस्तो सम्झौता आपत्तिजनक र अस्वीकार्य भएको स्पष्ट पारे।
‘हाम्रो भूमिको बारेमा सम्झौता भएको पढ्यौं, सुन्यौं,’ उनले भने, ‘नेपाली कांग्रेस पार्टी हाम्रा दुई छिमेकीले गरेको यो व्यवहारप्रति गम्भीर असहमति प्रकट गर्दछ। यो आपत्तिजनक छ, अस्वीकार्य छ।’थापाले नेपाल सरकारले यो विषयमा चालेको कूटनीतिक पहललाई समर्थन जनाउँदै सबै दलहरूलाई एकढिक्का भएर अघि बढ्न आग्रह गरे। उनले थपे, ‘नेपाल सरकारले जुन पहलकदमी अघि बढाएको छ, सबैलाई समेटेर अघि बढाओस्। यसमा दलहरू एक ठाउँमा उभिनुपर्छ र त्यो सन्देश दुवै छिमेकीलाई स्पष्ट रूपमा जानु पर्छ।’
उनको भनाइ अनुसार राष्ट्रिय हितको विषयमा कुनै राजनीतिक मतभेद हुनु नहुने र सार्वभौमिकताको रक्षा सबैको साझा दायित्व हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे