
रसुवा – रसुवागढीको नेपाल-चीन सीमामा रहेको मितेरी पुलको पुनर्निर्माण सुरु भएको छ। गत असारमा ल्हेन्दे खोलामा आएको बाढीले यसलाई नोक्सान पुर्याएको थियो। चीन सरकारले पुल फेरि बनाउने काम थालेको छ।
अहिले चिनियाँ पक्षले अस्थायी बेलीब्रिज बनाउन पनि सुरु गरेको छ। पुल बनाउने ठाउँलाई केही मिटर सारिएर पुरानो ढाँचालाई नक्कै छुन नदिई काम गरिँदैछ। चीनले पुल बनाउने मेसिन र सामग्री पनि ल्याइसकेको छ।
यसको लागि खोलाको पानी नियन्त्रण गर्ने काम पनि चलिरहेको छ। अस्थायी पुल भदौ ३० गतेसम्म बन्ने छ। यसबीच, रसुवागढीमा बनिँदै गरेको भन्सार भवनको निर्माण रोकिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे