
पाँचदेखि ११ वर्षसम्मका नेपाली बालबालिकाले ९ असारदेखि कोभिडविरुद्धको खोप लगाउन पाउने भएका छन् । यी उमेरका बालबालिकाका लागि फाइजरले बनाएको ‘पेडियाट्रिक’ खोप पहिलोपटक २५ जेठमा आउँदै छ ।
पहिलो चरणअन्तर्गत २५ जेठमा २० लाख मात्रा आउने स्वास्थ्य सेवा विभाग स्रोतले जनायो । स्वास्थ्यका अधिकारीहरूका अनुसार दुई चरणमा खोप दिने र पहिलो चरणमा २७ जिल्लाका १९ लाख १९ हजार ४० बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ । यस अवधिमा पहिलो मात्रा लगाएकाहरूले दोस्रो मात्रा २ देखि ८ साउनसम्म पाउनेछन् ।
त्यस्तै, बाँकी ५० जिल्लामा पहिलो मात्रा ५ देखि ११ भदौसम्म सञ्चालन हुनेछ । उनीहरूले दोस्रो मात्रा २७ भदौदेखि १ असोजसम्म पाउनेछन् ।झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, चितवन, कास्की, बाग्लुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेल्धुरा जिल्लाका बालबालिकाले ९ देखि २५ असारसम्म कोभिडविरुद्धको खोप लगाउन पाउने छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे