
काठमाडौं । बालबालिकाका लागि २२ लाखभन्दा बढि डोज कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ । पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकाका लागि २२ लाख तीन हजार दुई सय मात्रा फाइजर खोप हिजो दिउँसो नेपाल आइपुगेको हो ।
अमेरिकाबाट आएको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो लटको २२ लाख मात्रा खोप प्रदेशमा रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाइएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ३९ लाख बालबालिकाका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गरिनेछ ।
पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा दिइनेछ । भने दोस्रो चरण अन्तर्गत ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा सञ्चालन हुनेछ ।
आउँदो बिहीवारदेखि २७ जिल्लाका बालबालिकालाई लगाउन पुग्ने कोरोनाविरुद्धको खोप प्रदेशमा पठाउन थालिएको सरकारले जनाएको छ ।पहिलो मात्रा लगाएको तीन हप्तापछि दोस्रो मात्रा लगाउने तयारी छ ।
पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा दिइनेछ । भने दोस्रो चरण अन्तर्गत ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा सञ्चालन हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे