
काठमाडौँ। मुख्यसचिव एकनारायण अर्याल मंगलबारदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। उहाँ अवकाशमा जाने अघिल्लो दिन नै सरकारले सुमन अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ।
एकनारायण अर्याल सन् २०८१ भदौ १३ मा देशको सबैभन्दा ठूलो प्रशासनिक पद, मुख्यसचिव, बनेका थिए। आफ्नो कार्यकालमा सरकारी काम–कारबाही छिटो, सरल र प्रभावकारी बनाउन धेरै सुधार गरेको बताइन्छ। सार्वजनिक सेवा ढिलो हुने समस्या हटाउन, कानुनी र नीतिगत अवरोध दूर गर्न, विभिन्न आन्दोलन र वार्ताको व्यवस्थापन गर्न उहाँ सक्रिय रहे।
सहकारी क्षेत्रका समस्या समाधान, ‘ग्रेलिष्ट’बाट बाहिरिन सुधार योजना, सम्पत्ति शुद्धिकरण दिवस सुरु गर्नुजस्ता काम पनि उहाँकै कार्यकालमा भएका हुन्। सरकारी सेवामा डिजिटल प्रणाली विस्तार र राष्ट्रिय परिचयपत्रमार्फत सेवा उपलब्ध गराउने व्यवस्थामा पनि राम्रो प्रगति भएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे