
वीरेन्द्रनगर, सुर्खेत – नेपालका मुख्यमन्त्री माननीय यामलाल कडेलले आज संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) का नेपालस्थित राष्ट्रिय आवासिय प्रतिनिधि क्याेकाे याेकाेसुदालाई आफ्नै कार्यकक्षमा स्वागत गरेका छन्।
उक्त भेटमा मुख्यमन्त्री कडेलले नेपालको विकासमा UNDP को महत्वपूर्ण योगदानको सराहना गर्दै भविष्यमा अझै सशक्त सहयोगको अपेक्षासमेत व्यक्त गरेका थिए। उनले नेपालको समग्र विकास, विशेष गरी आर्थिक र सामाजिक क्षेत्रका सुधारका लागि UNDPसँग निरन्तर सहकार्य गर्नका लागि तत्पर रहेको बताएका छन्।
क्याेकाे याेकाेसुदाले पनि नेपालको समग्र विकासमा UNDP को योगदानलाई महत्त्वपूर्ण मान्दै आगामी दिनहरूमा द्विपक्षीय सहकार्य थप सुदृढ गर्ने प्रतिबद्धता जनाएका थिए।
सहकार्यका प्रमुख क्षेत्रहरू र भविष्यका योजनाहरूको बारेमा छलफल गर्दै दुबै पक्षले नेपालमा दिगो विकासको सुनिश्चिततामा एकजुट भएर काम गर्ने निश्चित गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे