
काठमाडौँ, १५ भाद्र । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका छन्।
संसद् सचिवालय सिंहदरबारमा बसेको समिति बैठकमा बयान दिन जबरा आज बुधबार उपस्थित भएका हुन्।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग सिफारिस समितिमा बयान दिन सिंहदरबार पुगेका छन् ।
समितिको गएको बुधवार बसेको बैठकले जबरालाई १५ गते आज बिहान ११ बजे बोलाउने निर्णय गरेको थियो । बैठकले भदौ २० गतेभित्र छानबिन सक्ने गरी कार्यतालिका बनाएको छ ।
अदालतमा भ्रष्टाचारलाई संरक्षित गरेको, मन्त्रिपरिषद्मा भागबण्डा खोजेको जस्ता आरोप लगाउँदै सत्ता गठबन्धनले जबराविरुद्ध फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेका थिए। सत्ता गठबन्धनका ९७ जना सांसदले जबराविरुद्ध २१ बुँदे आरोप लगाउँदै महाअभियोग दर्ता गरेका थिए । त्यसपछि उनी निलम्बित भएका थिए।
लामो समयसम्म महाअभियोग अगाडि नबढेको भन्दै संसदमा प्रश्न उठेपछि सभामुख अग्नी सापकोटाले ध्यानकर्षण गराएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे