
काठमाडौँ — खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई अस्पताल भर्ना भएका छन्। माइतीघर मण्डलामा साउन १४ गतेदेखि आमरण अनशन बसिरहेका भट्टराईलाई स्वास्थ्यमा समस्या आएपछि डाक्टरको सल्लाहमा वीर अस्पताल भर्ना गरिएको हो। उनी अस्पतालमै अनशन जारी राखिरहेका छन्।
शुरुमा तीन दिनसम्म भोकहड्ताल गरेका भट्टराई मागहरू नपुगेपछि अनिश्चितकालीन आमरण अनशनमा बसेका हुन्। उनका मागहरूमा बाँदर र जंगली जनावर नियन्त्रणको नीति ल्याउनुपर्ने, सरकारी कार्यालयमा बाँस र कच्चा पदार्थ प्रयोग गर्न कानुन बनाउनुपर्ने, प्रकृति दोहन गर्ने क्रसर उद्योगलाई कडा कारबाही गर्नुपर्ने, प्लास्टिक फोहोर गर्ने उद्योगबाट स्थानीय तहले १०% अतिरिक्त कर लिन पाउने कानुन बनाउनुपर्ने, र खोटाङ जोड्ने अधुरो सडक तथा पुल निर्माणका ठेकेदारलाई कारबाही गरी काम सक्न लगाउनुपर्ने विषय छन्।
भट्टराईका यी मागहरू अहिलेसम्म सम्बोधन नभएकाले उनले अनशन रोक्न मानिरहेका छैनन्। उनका समर्थकहरूले पनि सरकारलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे