काठमाडौँ, १८ असार । १५ दिने विदेश भ्रमण सकेर प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्किदैछन्।
अमेरिका भ्रमणका रहँदा प्रधानसेनापति शर्माले त्यहाँका शैनिक उच्च अधिकारीसँग भेटवार्ता गरेका छन् ।
उनले राष्ट्र संघका सैन्य सल्लाहकार जनरल बिरामे डिओप, शान्ति मामिला विभागका उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, अपरेशन सार्पोट बिभागका उपमहासचिव अतुल खरे, राजनीति र शान्ति निर्माण मामिला बिभागका उपमहासचिव रोजमेरी डिकार्लोसँग छुट्टाछुट्टै भेट गरेका थिए।
भ्रमणको क्रममा प्रधासेनापति शर्मा लेबनान र सिरिया पुगेका थिए ।
रक्षासचिव किरणराज शर्मासहितको सात सदस्यीय टोली गत असार ४ गते लेबनान प्रस्थान गरेको थियो। त्यहाँबाट सिरिया भ्रमणमा पुगेका शर्मा असार १३ गते सिरियाबाट अमेरिका पुगेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे