
काठमाडौँ, १४ कार्तिक । नाबालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेविरूद्ध आज सोमबार मुद्दा दर्ता हुने भएको छ।१० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै अभियोजन पत्र दायर गरिने काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
जिल्ला सरकारी कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्न लागेको हो । २० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले तीनपटक म्याद थप गरी अनुसन्धान गर्दै आएको छ।
प्रहरीले बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी गरेको छ। सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ।
गएको भाद्र ५ गते आफुलाई काठमाडौँको एक होटलमा बलात्कार गरेको भन्दै नाबालिकले भाद्र २१ गते प्रहरी वृत गौशलामा जाहेरी दिएकी थिइन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे