
काठमाडौं — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का पूर्वअध्यक्ष डा. बाबुराम भट्टराईले पुराना ठूला राजनीतिक दलका नेताहरूबाट सुधारको आशा गर्न नसकिने बताएका छन्।
आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीका नेताहरू “सिद्धिइसकेको” भन्दै ती पार्टीहरूबाट अब सकारात्मक परिवर्तन हुने सम्भावना नरहेको बताए। उनका अनुसार ती दलभित्र अब नयाँ पुस्ताका नेताहरूले विद्रोह गरेर वैकल्पिक राजनीति निर्माण गर्नुपर्ने बेला आएको छ।
डा. भट्टराईले आफूले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिए पनि राजनीति नछाडेको स्पष्ट पारे। उनले भने, “म राजनीति वा आन्दोलनबाट अलग भएको होइन, देशमा वैकल्पिक शक्ति निर्माणको अभियानमा म पहिले पनि थिएँ, अहिले पनि छु, र आगामी दिनमा पनि रहन्छु।”
त्यस्तै, हालको जेनजी (Gen Z) युवाहरूले थालेको आन्दोलन उचित भएको भन्दै उनले यसको समर्थनसमेत जनाए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे