
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्रीहरूको वरीयता (कुन मन्त्री कति माथि वा तल भन्ने क्रम) परिवर्तन गरिएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यो हेरफेर गरेका हुन्।
नयाँ व्यवस्थाअनुसार पहिले तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ अब पाँचौं स्थानमा झरेका छन्। परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ क्रमशः तेस्रो र चौथो स्थानमा उक्लिएका छन्।
त्यसपछि अन्य मन्त्रीहरूको पनि क्रम मिलाइएको छ। भौतिक पूर्वाधार मन्त्री छैटौं, कानुन मन्त्री सातौं स्थानमा छन्। त्यसपछि महिला, संघीय मामिला, स्वास्थ्य, शिक्षा लगायत मन्त्रालयका मन्त्रीहरू क्रमशः राखिएका छन्।
संस्कृति मन्त्री बाह्रौं स्थानमा छन् भने सञ्चार र कृषि मन्त्री त्यसपछि रहेका छन्। सबैभन्दा अन्तिम वरीयतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साह परेका छन्।
यो हेरफेरले सरकारभित्रको जिम्मेवारी र प्राथमिकता झल्काउने मानिन्छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे