
काठमाडौँ, साउन ९ – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष तथा पत्नी रञ्जिता चौधरीलाई केन्द्रीय समिति बैठकमा आएर आफूमाथि लागेको आरोपको स्पष्ट जवाफ दिन आग्रह गरेका छन्। कास्कीको लिचीबारी जग्गा हत्याउने प्रयासमा संलग्न रहेको आरोप लागेपछि रेशमले भिडियो सन्देशमार्फत रञ्जितालाई बैठकमा सहभागी हुन अनुरोध गरेका हुन्।
उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रञ्जितासँग सोधपुछ गरिसकेको छ। सो सन्दर्भमा रेशमले भनेका छन्, “तपाईं भाग्न पाउनुहुन्न, आरोपको स्पष्ट जवाफ दिनुपर्छ।” उनले रञ्जिताको भनाइ “मैले बोलाएको बैठक होइन, वैधानिक होइन” भन्ने धारणा स्वीकार्य नहुने बताए। अध्यक्षको हैसियतमा सबै सदस्यलाई परिवार मान्नुपर्ने भन्दै उनले प्रतिशोधको भावना अनुचित भएको बताए।
रेशमले हालको परिस्थिति रञ्जिताकै कारण उत्पन्न भएको दाबी गर्दै उनले बैठकमा आएर स्थिति स्पष्ट पार्न आग्रह गरेका छन्। “जनता अन्योलमा छन्, तपाईंले जवाफ दिनैपर्छ,” उनले भने। पार्टीलाई बन्धक नबनाउन र समाधान दिन उनले रञ्जितालाई आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे