
नेकपा (एमाले) ले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा गर्दैछ । सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।एमाले काठमाडौं जिल्ला कमिटीकाे आयाेजनामा दिउँसाे २ बजे हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सम्बाेधन गर्ने कार्यक्रम छ ।
मंगलबार मध्यरातदेखि मौन अवधि सुरू हुने भएकोले एमालेले संघिय राजधानी काठमाडौंमा विशेष सभा गरेरर चुनावी प्रचारको बिट मार्न लागेको हो ।एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार वडा-वडादेखि आउने जुलुस/र्याली सभा स्थल जानेछन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे