
काठमाडौं । सेन्टर फर अटिजमले तिहार मेला सम्पन्न गरेको छ । आफ्नै कार्यालय परिशरमा आयोजना गरिएको उक्त तिहार मेलामा विधार्थी अभिभावक लगाएतको उल्लेखनिय उपस्थिती रहेको थियो । मेलामा कार्निभल बोट्स फुड स्टल, बेक एण्ड सेल, आर्ट एण्ड क्राफ्ट लगाएत विभन्न आकर्षक गेम तथा पुरस्कारहरुको व्यवस्था गरिएको थियो ।
सो अवशरमा सेन्टर फर अटिजममा अध्यनरत विधार्थीहरुले बनाएका विभिन्न सामाग्रीहरुलाई समेत प्रदर्शनीमा रखिएको थियो । विधार्थीहरु भित्र रहेका विभिन्न प्रतिभाहरुलाई प्रस्फुटन गराउनका साथै विधार्थीहरुमा उत्साह थप्ने कार्य यस मेलाले गरेको आयोजकले जानकारी गराएका छन ।
सेन्टर फर अटिजममा फरक क्षमता भएका विधार्थीहरु अध्यन गर्ने हुदा विधालय भित्र आयोजना गरिएको यस कार्यक्रमले उनिहरुलाई आगामी दिनहरुमा पनि अतिरिक्त क्रियाकलापहरुमा सहभागी हुन प्रेरणा मिल्ने हुदा यस्ता कार्यक्रमहरु प्रभावकारी हुने आयोजकको दाबि छ ।
कार्यक्रममा सहभागी विधार्थीहरुले तिहार मेलामा सहभागी हुने अवशर प्रदान गरेकोमा खुसी व्यक्त गर्दै विधालयलाई धन्यवाद व्यक्त गरेका थिय । कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएकोमा सहभागी सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे