
काठमाडौँ, जेठ २० ।सेनटिनियल कलेजले एजेन्ट मिट ग्रिट कार्यक्रम सम्पन्न गरेको छ । मे ३० तारिकका दिन याक याण्ड यति होटलमा आयोजना गरिएको उक्त कार्यक्रम शैक्षिक परामर्श व्यवसायीहरुको बाक्लो उपस्थिति रहको थियो ।
कार्यक्रममा उपस्थित एजेन्ट, पार्टनस तथा शैक्षिक परामर्श व्यवसायीहरुलाई स्वागत गर्दै साउथ एशिया म्यानेजर तथा रिक्रृप्मेन्ट एण्ड पार्टनर रिलेसन बिपिन नालेन्डाले गरिमामय उपस्थितिका लागी सम्पूर्णमा धन्यवाद व्यक्त गर्नु भएको थियो ।
साथै उहाँले भविष्यमा एजेन्ट, पार्टनस तथा शैक्षिक परामर्श व्यवसायीहरुको साथ र सहयोगको लागी आग्रह समेत गर्नु भयो । उक्त कार्यक्रममा सेनटिनियल कलेजका रिजनल म्यानेजर साउथ एसिया, इन्टरनेसनल रिक्रृप्मेन्ट स्टन न्याटकोभले सेनटिनियल कलेजमा उपलब्ध कोर्स, फयासिलिटीज, फी स्ट्रक्चर, अप्लाई प्रोसेस तथा अध्ययन पश्चातको विभिन्न अवसरहरूको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको अन्यमा उपस्थित एजेन्ट, पार्टनस तथा शैक्षिक परामर्श व्यवसायीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएकोमा सेनटिनियल कलेजले सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे