
काठमाडौँ, ९ जेठ — चितवनको खैरहनी नगरपालिका–२ ज्यामिरे चोकमा गएराति बस र कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा उदयपुरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार आपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटना आज बिहान करिब १:४५ बजे भएको थियो। कार चालक खैरहनी नगरपालिका–८ निवासी ४२ वर्षीय प्रदीप तिमिल्सिना गम्भीर घाइते भए पनि उपचारका क्रममा चितवन मेडिकल कलेजमा उनको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान सुरु गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे