
काठमाडौँ, पुस १ । दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु१ज ४२९८ नम्बरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
मृत्यु हुनेमा सिवराज नगरपालिका–३ का ४२ वर्षीया प्रिथी थारु र सोही ठाउँका ६० वर्षीया फुलसी थारु रहेका छन् । प्रहरीका अनुसार दुर्घटनामा घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव लमही अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडीमा १४ जना सवार रहेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे