
काठमाडौँ, ८ पौष ।अन्तराष्ट्रिय विद्यार्थीहरुका लागि क्यानडा आकर्षक गन्तव्य रुपमा रहेको छ । गुणस्तरिय शिक्षा, छात्रवृत्ति र कामको अवसरकै कारण क्यानडालाई अन्तराष्ट्रिय विद्यार्थीहरुले रुचाएका हुन।
विशेषगरी नर्सिङ, इन्जिनियरिङ, आइटी, विज्ञानप्रबिधी, होटेल व्यवस्थापन, टुरिज्म लगायत विषय पढ्नका लागि अन्तराष्ट्रिय विद्यार्थीले क्यानडालाई रोज्ने गरेका छन् । क्यानडा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सुरक्षित शैक्षिक गन्तब्य र बहुसांस्कृतिक वातावरण भएकै कारण पछील्लो समयमा ठुलो संख्यमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू क्यानाडा गइरहेका छन ।
क्यानडाका विश्वविद्यालयहरूको शैक्षिक शुल्क तुलनात्मक् रुपमा यूएस् र युकेका विश्वविद्यालयहरू भन्दा केही काम छ, जसले विद्यार्थीहरूलाई अझ आकर्सित बनाएको छ । त्यसैले अध्ययनका लागि क्यानडामा वर्षेनी विश्वका लाखौं मानिसहरु जाने गर्छन् ।
गुणस्तरीय शिक्षा र रोजगारीको अवसरका अलावा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि क्यानडा सरकारले ग्य्राजुएसन सकिएपछि पोस्ट ग्य्राजुएसन वर्क पर्मिटको व्यवस्था गरेको छ । यस अन्तर्गत विद्यार्थीले पढाइपछि आफ्नो क्षेत्रमा तीन वर्ष काम गर्ने अवसर पाउँछन् ।
यसपछि तुरुन्तै पिआर अप्लाइ गरेर स्थायी बसोबास गर्ने अनुमति पाउने सम्भावना बढ्छ । बसोबासका हिसाबले क्यानडा सुरक्षित वातावरण भएको देशमा पर्छ । अन्तर्राष्ट्रिय विद्यार्थीको भविष्य सुरक्षित भएकाले पनि क्यानडा धेरैको रोजाइमा पर्न थालेको छ ।
पछिल्लो समय अध्ययन भिसा पाउने दर बढेसङै क्यानडा जाने विद्यार्थीहरुको संख्या बढेको छ । इन्टरनेशनल करियर काउन्सिलिङ सेन्टर (ICCC) एक प्रतिष्ठित र गतिशील शैक्षिक परामर्श संस्था हो, जसले बिगत लामो समयदेखी अन्तर्राष्ट्रिय शिक्षा हासिल् गर्न ईच्छुक विद्यार्थीहरूलाई लागि बिशेष गरी क्यानडाका उत्कृष्ट विश्वविद्यालय र कलेजहरू सँग सम्बन्ध स्थापनागरी क्यानाडाको शैक्षिक अवसरको बारेमा परामर्श प्रदान गर्दै आइरहेको छ ।
आफ्नो उत्कृष्ट सेवाको लागि प्रसिद्ध ICCC ले नेपालको कमलादी, पुतलीसडक, चाबहिल, पोखरा, चितवन, बुटवल, झापा, इटहरी र क्यानडाको मिल्टनमा रहेको आफ्ना शाखाहरुबाट उच्च भिसा सफलता दरका साथ आफ्ना सेवा प्रदान गरिरहेको छ।
2007 मा क्यानडाबाट आफ्नु अध्ययन सम्पन्न गरी रेगुलेटेड क्यानेडियन इमिग्रेसन कन्सल्टेन्ट (RCIC) को रूपमा कार्य गर्दै आएकी कृति खनालले आफ्नो व्यक्तिगत अनुभवबाट क्यानाडा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई आफ्नो विशेषज्ञताद्वारा सहयोग गर्दै आइरहेकी छिन्। हाल नेपालमै रहेर कृति ले इन्टरनेशनल क्यारियर काउन्सिलिङ सेन्टर (ICCC) बाट क्यानाडामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परामर्श प्रदान गरिरहेकी छिन्।
रेगुलेटेड क्यानेडियन इमिग्रेसन कन्सल्टेन्ट्स (RCICs) ले जटिल अध्यागमन प्रक्रियाहरू पहिचान गरेर अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई समर्थन गर्न महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। विशेषज्ञ सल्लाहकारको रूपमा, RCICs ले क्यानाडाली शिक्षाको मार्गलाई सहज बनाउन भिसा आवेदनमा विद्यार्थीहरुलाई आइपर्ने समस्याको समाधान गर्दै अमूल्य मार्गदर्शन प्रदान गर्दछ। उनिहरुको विशेषज्ञताले क्यानाडामा अध्ययन गर्न खोज्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको क्यानाडामा अध्ययनको यात्रालाई सहज बनाउछ। इन्टरनेशनल क्यारियर काउन्सिलिङ सेन्टर (ICCC) सँग क्यानडाका जर्जियन कलेज, ल्याम्बटन कलेज, क्याम्ब्रियन कलेज, सेनेका कलेज, सेन्टेनियल कलेज, हम्बर कलेज, जर्ज ब्राउन कलेज, योर्क युनिभर्सिटी, सेन्ट लरेन्स कलेज, कोनेस्टोगा कलेज, सल्ट कलेज, क्यानाडोर कलेज, क्वान्टलेन पोलिटेक्निक युनिभर्सिटी (KPU), नर्थ आइल्याण्ड कलेज, कन्फेडेरेसन कलेज, सास्काचेवान पोलिटेक्निक कलेज, दक्षिणी अल्बर्टा इन्स्टिच्युट अफ टेक्नोलोजी (एसएआईटी), बो भ्याली कलेज, एल्गोनक्विन कलेज, क्यामोसन कलेज, नर्दन लाइट कलेज, विनिपेग विश्वविद्यालय, लङ्गारा कलेज, नोरक्वेस्ट कलेज, रेजिना विश्वविद्यालय, युनिभर्सिटी अफ प्रिन्स एडवर्ड आइल्याण्ड (UPEI), फ्लेमिङ कलेज, नियाग्रा कलेज, डगलस कलेज, र डरहम कलेज जस्ता लोकप्रिय र उत्कृष्ट कलेजहरूसँग सम्बन्ध स्थापना गरी नेपाली विद्यार्थीहरुलाई परामर्श प्रदान गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे