
काठमाडौ २४ असार | नेपालकै पुरानो कलेज त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले ‘क्याम्पस बचाउ’ अभियान सुरु गरेका छन् । नेविसंघ त्रिचन्द्र इकाइको अगुवाइमा शुक्रबार विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
क्याम्पस पुनर्निर्माण र आवश्यक पूर्वाधार बनाउनुपर्ने मागसहित विद्यार्थीहरूले शुक्रबार सोलिडारिटी मार्च आयोजना गरेका हुन् ।
त्रिचन्द्र कलेजबाट सुरु गरिएको र्याली रत्नपार्क, जमल, तीनधारा पाठशाला हुँदै पुनः त्रिचन्द्रमै आएर समापन गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे