
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी छिन्। सरकार गठन भएको एक साता बितिसक्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउँन सकेको छैन।
प्रधानमन्त्रीको प्रस्ताव अनुसार मन्त्री बन्ने प्रस्ताव केही व्यक्तिले अस्वीकार गरेका थिए भने, केही अन्यले भने अनावश्यक रुपमा चासो देखाउँदै मन्त्री पदका लागि लबिङ गरेका थिए। यिनै कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ ।
हाल प्रधानमन्त्री कार्कीसहित मन्त्रिपरिषद् चार सदस्यीय मात्र रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे