
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आज राति ८ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार सार्वजनिक बिदा परेका कारण नियमित बैठक बस्न नसकेपछि आज बैठक तय गरिएको हो।
आजको बैठकमा गभर्नर सिफारिस समितिमा एक सदस्य नियुक्त गर्ने सम्भावना रहेको छ। समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएपछि उक्त पद खाली भएको हो।
बैठकमा अन्य नियमित एजेन्डाहरूका साथै रिक्त पदमा नियुक्तिसम्बन्धी निर्णय हुन सक्ने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे