
काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीहरूको शपथ लिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन जना मन्त्रीलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषदमा रहने मन्त्रीहरूले आज शपथ लिन लागेका हुन्। अहिलेसम्म ओमप्रकाश अर्याल गृह र कानुन मन्त्री, कुलमान घिसिङ ऊर्जमन्त्री र रामेश्वर खनाल अर्थमन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
शपथ ग्रहणका लागि शीतल निवास परिसरमा मञ्च तयार पारिएको छ। शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत उच्चपदस्थ अधिकारी उपस्थित थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे