
एजेन्सी | पाकिस्तानी तीर्थयात्री बोकेको बस इरानमा पल्टिँदा कम्तीमा २८ यात्रुको मृत्यु भएको इरानको सरकारी मिडियाले जनाएको छ । यो दुर्घटना मध्य इरानी प्रान्त याजदमा मंगलबार राति भएको थियो । खराब ब्रेकिङ प्रणालीका कारण भएको थियो रोयटर्सले प्रारम्भिक प्रहरी अनुसन्धानलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। अन्य २३ यात्रु घाइते भएका छन्, जसमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रान्तका संकट व्यवस्थापन निर्देशकले राज्य टिभीलाई बताए ।
तीर्थयात्रीहरू पाकिस्तानको सिन्ध प्रान्तबाट शिया क्यालेन्डरको सबैभन्दा ठूलो घटनाको सम्झना गर्न इराकको पवित्र सहर कर्बला जाँदै थिए। दुर्घटनाको समयमा करिब ५३ जना बसमा रहेको विश्वास गरिएको छ। दुर्घटना व्यवस्थापन निर्देशक अली मलेकजादेहका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ११ जना महिला र १७ जना पुरुष रहेका छन् । राजधानी तेहरानबाट करिब ६८१ किलोमिटर ९४२३ माईल० दक्षिणमा इरानको देहशिर(टाफ्ट चेकपोस्टको अगाडि बसमा आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
बिबिसीका अनुसार सडकको चालकको नियन्त्रणको कमी, सडकको अपरिचितता, तीव्र गति र प्राविधिक समस्याका कारण बस सडकबाट ओर्लिएको थियो। पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव स्वदेश फर्काउन र घाइतेहरुलाई सहयोग गर्न परराष्ट्र मन्त्रालयलाई परिचालन गरिरहेको बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे