
काठमाडौँ , ९ भदौ । भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको हो ।
बसमा ४३ जना सवार थिए । घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको र सामान्य चोट लागेका केहीलाई उपचारपछि डिस्चार्ज गरिएको जनाइएको छ । उनीहरु देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटना भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे