
काठमाडौँ , ३ असोज |बेलायतकी महारानी एलिजावेथको आज एक विशेष समारोहकाबीच अन्त्येष्टि गरिंदैछ । अन्त्येष्टिमा सहभागी हुन विश्वभरका नेता तथा शाही परिवारका व्यक्तिहरु लण्डनमा भेला भएका छन्।महारानी एलिजाबेथको गत भदौ २३ गते स्कटल्याण्डको एडिनबरामा ९६ वर्षको उमेरमा निधन भएको थियो ।
अन्त्येष्टि समारोहमा सहभागी हुन विश्वभरका ५ सय बढी नेताहरु बेलायत पुगिसकेका छन् । महारानीको अन्त्येष्टि वेस्टमिनिस्टर ऐबे पश्चिम लण्डनमा हुनेछ ।
अन्त्येष्टिमा शाही परिवारका व्यक्तिहरुका साथै अमेरिकी राष्ट्रपति , अष्ट्रेलियाका प्रधानमन्त्री एंटोनी एल्बनीज, न्युजिल्याण्डका प्रधानमन्त्री जेसिंडा अर्डर्नबेल्जियमका राजा फिलिप लगाएत राजपरिवारका अन्य सदस्यहरु, भारतका राष्ट्रपति द्रौपदी मुर्मू, श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघे, बगलादेशका प्रधानमन्त्री शेख हसिना , अष्ट्रेलियाका प्रधानमन्त्री एंटोनी एल्बनीज, न्युजिल्याण्डका प्रधानमन्त्री जेसिंडा अर्डर्न र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो सहभागी हुदै छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे