
काठमाडौ , १० भदौ । हब इन्टरनेशनल एजुकेशनले झापाको बिर्तामोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सोमबार हब इन्टरनेशनल एजुकेशनका अध्यक्ष उद्धवबहादुर खड्काले बिर्तामोड शाखाको उद्घाटन गरेका हुन् ।
बिर्तामोडस्थित शनिश्चरे रोड (नेपाल बैंक लिमिटेडको अपोजिड)मा हबले शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । शाखा कार्यालयको उद्घाटन गर्दै अध्यक्ष खड्काले उच्च शिक्षा अध्ययनको लागि विदेश जान चाहने विद्यार्थीले सहज रूपमै सेवा लिन सक्ने जानकारी दिए ।
विद्यार्थीलाई सहज रूपमा वैदेशिक अध्ययनबारे जानकारी उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले हब एजुकेशनले आफ्नो शाखा कार्यालय बिर्तामोडमा सञ्चालनमा ल्याएको उनले बताए ।
हब करिब दुई दशकदेखि अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा काम गर्दै आएको जानकारी दिँदै अध्यक्ष खड्काले झापा र आसपास क्षेत्रका विद्यार्थीहरूले हबको बिर्तामोड शाखामार्फत सेवा लिन सक्ने जानकारी दिए ।
उनले हबको काठमाडौंमा रहेको केन्द्रीय कार्यालयले उपलब्ध गराउँदै आएका सबै सेवाहरू यस शाखाबाट पनि लिन सकिने जानकारी दिए । विद्यार्थीले शाखा कार्यालयबाट आजैदेखि उच्च शिक्षाबारे जानकारी लिन सक्ने पनि अध्यक्ष खड्काले जानकारी दिएका छन् ।
काठमाडौं आइरहनुपर्ने बाध्यताबाट विद्यार्थीलाई छुटकारा दिलाउन ‘जहाँ विद्यार्थी त्यहाँ हब एजुकेशन’ भन्ने उद्देश्य लिएर हबले शाखा विस्तार गरेको हो । काठमाडौंको हात्तीसारमा केन्द्रीय कार्यालय रहेको हब एजुकेशनले विगत १८ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा काम गर्दै आइरहेको छ ।
हब एजुकेशनले विशेषगरी अष्ट्रेलिया, न्युजिल्याण्ड, आयरल्याण्ड, युके, अमेरिका, क्यानडा, भारतलगायत विश्वका विभिन्न देशमा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई परामर्श दिँदै आएको छ ।
शिक्षा मन्त्रालयबाट स्वीकृतिप्राप्त हब एजुकेशनले सक्षम र अनुभवी परामर्शदाताबाट विद्यार्थीलाई परामर्श तथा तयारी कक्षा दिँदै आएको छ भने सुरुदेखि नै आफ्नो भिसा सक्सेस् रेटलाई पनि पूरा गर्दै आएको छ ।
यो संस्थाका शाखा देशभित्र मात्र नभएर विदेशमा समेत रहेका छन् । नेपालमा काठमाडौं, कुमारी पाटी (ललितपुर), पोखरा, चितवन बुटवल, नेपालगन्ज र भैरहवामा समेत हबका शाखा कार्यालय रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे