
काठमाडौँ , १४ जेठ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ। मङ्गलबार विपक्षी दलको विरोधले कार्यसूची अगाडि नबढी स्थगित भएको थियो। आज राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयक सम्बन्धी प्रतिवेदन पेश गर्नेछन्। उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण २०८१र८२ प्रस्तुत गर्नेछन्। यसैगरी, भूमि सम्बन्धी ऐन संशोधन विधेयक माथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। कृषि समितिका सभापति कुसुमदेवी थापाले वार्षिक प्रतिवेदन पेश गर्नेछन्।
राष्ट्रियसभाको बैठक अपराह्न १स्१५ बजे बस्नेछ, जहाँ पौडेलले पनि आर्थिक सर्वेक्षण राख्नेछन्। कानुन मन्त्री अजयकुमार चौरसियाले नेपाल ऐन संशोधन विधेयक समितिमा पठाउने प्रस्ताव राख्नेछन्। यसैगरी, विभिन्न मन्त्रालयका मौखिक प्रश्नको उत्तर दिइनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे