
कोरोना विरुद्ध दुई डोजको खोप लगाईसकेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आज शुक्रबारदेखि बुस्टर डोज दिइने भएको छ ।दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएकाहरुले बुस्टर डोज लगाउन सक्ने छन् ।
यसअघि जुन खोप लगाएकाले पनि बुस्टर डोजको रुपमा मोडर्ना वा फाइजर खोप लगाउन सक्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।
मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि फाइजर खोप दिने तयारी गरिरहेको छ । देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको छ ।
सुरुमा २७ वटा जिल्लामा खोप अभियान संचालन गरिने छ । त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान संचालन गरिने बताईएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे