
काठमाण्डौँ, ११ फागुन । त्रिशुली नदिमा वेपत्ता भएका भारतीय सेनाका जवान ९ दिनपछि मृत फेला परेका छन्। गत फागुन २ गते चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित पुलबाट त्रिशुलीमा खसेका २७ वर्षीय रोहित राना वेपत्ता भएका थिए। उनी लम्जुङको चन्द्रेश्वर घर भइ हाल चितवनमा बसोबास गर्दै थिए। आज बिहान उनको शव त्रिशुली नदीबाट फेला परेको प्रहरीले जानकारी दिएको छ।
राना भारतीय सेनामा गोर्खाली राइफल म्यानको रूपमा कार्यरत थिए र दुर्घटनाको एक साताअघि मात्र नेपाल आएका थिए। उनले आफ्नो मोटरसाइकल ९बा ०६–०२ प ९२०४० मा सवार हुँदै नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो। मोटरसाइकल सडकमा अडिएको थियो, र राना त्रिशुली नदीमा खसेका थिए।
उनको परिवार लम्जुङको सुन्दरबजार नगरपालिका(३ स्थित चन्द्रेश्वरमा रहेको छ, भने उनीहरू दुई दशकदेखि चितवनको भरतपुर महानगरपालिका(१ रामनगरमा बसोबास गर्दै आएका छन् । पोस्टमार्टमका लागि शव चितवनको भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे