कालोसूचीमा परेका कम्पनीहरूमा उदयपुरस्थित विशाल होम निर्माण सेवा (होमबहादुर बस्नेत), बूढानीलकण्ठ काठमाडौंस्थित जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन (सुन्दर श्रेष्ठ), मोरङस्थित सगुन फेब्रिक्स प्रालि (मयंक शाह) रहेका छन्।
त्यसैगरी बाँकेस्थित शुभ आर.एस. बिल्डर्स सप्लायर्स (रामबहादुर बुढा), अछामस्थित नविन निर्माण सेवा (छत्रबहादुर बुढा), सुर्खेतस्थित जे.एम.सी कन्स्ट्रक्सन प्रालि (मिथुन चन्द) र काठमाडौंस्थित कास्यप निर्माण सेवा एण्ड सप्लायर्स (माधव घिमिरे) पनि कालोसूचीमा परेका छन्।
यस्तै काठमाडौंकै ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि (कृष्णकुमार राई), जालपा निर्माण सेवा एण्ड सप्लायर्स (सिताराम श्रेष्ठ), डोल्पास्थित मष्टा भवानी निर्माण सेवा (कर्णबहादुर बुढा) र अर्घाखाँचीस्थित शहीद निर्माण सेवा (सहिदिन मियाँ) पनि सूचीमा परेका छन्।
कालोसूची अवधिः कास्यप निर्माण सेवा एण्ड सप्लायर्स दुई वर्षका लागि, मष्टा भवानी निर्माण सेवा डेढ वर्षका लागि, बाँकी नौ कम्पनी भने एक वर्षका लागि कालोसूचीमा परेका छन्।
सूचनाअनुसार, कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्। यसलाई गुणस्तरीय निर्माण कार्य र जिम्मेवारीको सुनिश्चितताका लागि सरकारले कडाइका रूपमा लिएको हो।









