
काठमाडौँ २६ मंसिर | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजीवन कारावासको सजाय काटिरहेका रेशम चौधरी छुटाउन सरकारकाे अध्यादेश जारी गर्ने निर्णय प्रति आपत्ति जनाएका छन् ।सामाजिक सञ्जालमा विरोध जनाउँदै उनले संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रूपले गलत भएको बताएका हुन्।
उनले लेखेका छन्,’सडकमा छँदा जे सत्य, संसदमापनि त्यहीनै सत्य! त्यसैले सार्वजनिक दर्ज होस् असहमति! संक्रमणकालझमा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पुर्ण रुपले गलत!’

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे