
काठमाडौं — हमासले बेपत्ता पारेका नेपाली युवक विपिन जोशीको रिहाइका लागि उनकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशी इजरायल गएका छन्। उनीहरूले जेरुसेलममा इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटेर विपिनलाई चाँडो घर फर्काइदिन अनुरोध गरे।
भेटमा नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए। आमाले छोरा निर्दोष भएको भन्दै मानवीय आधारमा सहयोग गर्न आग्रह गरिन्। बहिनीले पनि व्यक्तिगत रुपमा राष्ट्रपति समक्ष अपिल गरिन्।
राष्ट्रपति हर्जोगले विपिन २०२३ को अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेको स्मरण गर्दै, उनलाई इजरायलले आफ्नै नागरिकझैं मानेर खोजी गरिरहेको बताए। उनले इजरायली सरकारले सबै बन्धकको रिहाइका लागि निरन्तर प्रयास गरिरहेको जनाए।
त्यसअघि विपिनका परिवारले इजरायली संसदका अध्यक्षसँग पनि भेटेर विपिनको रिहाइका लागि सहयोग मागेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे