
काठमाडौँ — सर्वोच्च अदालतको नयाँ मुख्य रजिस्ट्रारमा विमल पौडेल नियुक्त भएका छन्। न्याय सेवा आयोगको बैठकले उनलाई यो जिम्मेवारी दिएको हो। आयोगको बैठक प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको थियो।
मुख्य रजिस्ट्रार पदका लागि पौडेलसँगै मानबहादुर कार्कीको नाम पनि सिफारिसमा परेको थियो। तर अन्ततः पौडेललाई चयन गरिएको हो।
यसअघि मुख्य रजिस्ट्रार रहेका देवेन्द्रराज ढकाल अनिवार्य अवकाश पुगेका कारण पद खाली भएको थियो। ढकाल ५८ वर्षे उमेर हद पूरा गरेर आइतबारदेखि सेवाबाट निवृत्त भएका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे