
काठमाडौँ , मङ्सिर २१ । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङ्चुक अनौपचारिक भ्रमणका सिलसिलामा शुक्रबार बिहान काठमाडौं आएका छन् । उनलाई परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छिन् । विमानस्थलबाट उनी सिधै स्वयम्भु गएका हुन् ।
भुटानी नरेश वाङ्चुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका हुन् । त्यहाँ पनि पूजापाठ सकेर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छन् । विमानस्थलबाट उनी करिब २ः४० बजे फिर्ता हुने तालिका छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे